एजेन्सी । जब कहिले कहि तपाईको मुड विग्रिएर दिक्क लाग्यो भने तपाईलाई के गर्नुहुन्छ ? अवश्य पनि केही रमाइलो गर्ने कोशीसमा रहनुहुन्छ होला । त्यसो त रमाइलो गर्नुको अर्थ व्यक्ति अनुसार फरक फरक हुन सक्छ । तर ओकलाहोमाका एक युवकले भने आफ्नो मुड विग्रिएपछि रमाइलोको लागि मान्छेको हत्या गरेका छन् ।

अचम्मको कुरा त के छ भने त्यसरी अर्काको ज्यान लिएर रमाउँन खोज्ने युवक त्यतिबेला मात्र १६ वर्षका थिए । चेन्सी लुना नामक ती किशोरले सन् २०१३ मा आफ्नै घर छेउमा विहान जगिङ गर्दै हिडिरहेका २२ वर्षीय अष्ट्रेलियन विद्यार्थीको गोली हानी हत्या गरेका थिए ।

हत्यापछि प्रहरीले नियन्त्रणमा लिएका लुनाले बयानमा हत्याको कुनै कारण नभएको बताउँदै आफूलाई दिक्क लागिरहेको कारण केही रमाइलो गर्ने उदेश्यले हत्या गरिएको जवाफ दिएका थिए । यो अगष्ट सन् २०१३ को घट्ना हो । त्यतिखेर हत्याका अभियुक्त १६ वर्षका मात्र भएकोले उनीमाथि कानूनी कारवाही चलाउँन अप्ठ्यारो भएको थियो । तर त्यसको दुई वर्षपछि यही मुद्दामा मंगलवार अदालतले सुनुवाइ गर्दै अभियुक्त लुनालाई आजीवन कारावासको सजाँय सुनाएको छ ।

फैसलाबाट मृतक इष्ट सेन्ट्राल युनिभर्सिटीमा अध्ययनरत अष्ट्रेलियन विद्यार्थी क्रिष्टफोर लेनका अभिभावकहरुले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

Please follow and like us:

Comments