मलेसियामा आप्रवासी कामदारमाथिको ज्यादती बढ्दै गएको छ । स्थानीय तालिम लगायतका युवाहरुको दादागिरीबाट आजित आप्रवासी कामदारहरु प्रहरीबाट समेत हैरानी खेप्न बाध्य छन् । यसैक्रममा एकजना नेपाली युवाले प्रहरीलाई नसोचे र गर्दै नगरेको अपराधमा ५० रिंगिट तिर्न बाध्य भएका छन् ।

आफ्नो विरामी साथीलाई भेट्न हतार गर्दै निस्केका राज राईले हतारोमा पाइन्टको चेन लगाउँन विर्सेछन् । क्वालालाम्पुरको चौकेटमा रहेको क्वालालम्पुर हस्पिटलमा भर्ना भएका ती साथीलाई भेट्न जाँदै गरेका राईलाई त्यही निहूमा प्रहरीले पक्रेर ५० रिंगिट जरिवना तिराए ।
सार्वजनिक स्थलमा आफ्नो पाइन्टको चेन खुल्लै राखेर सार्वजनिक स्थलमा उच्छृङखल गतिविधि गरे बापत जिएसटि सामान,सेवा कर सहितको जरिवाना आर एम पचास तिर्न उनी बाध्य भए ।

पछिल्लो समयमा मलेशियामा आप्रवासी कामदार माथि भैरहेको ज्यादतीको आफू एउटा नमूना शिकार मात्र भएको राईले बताए । कतै बाटोमा थुकेको अभियोगमा त कतै चुरोट पिएको अभियोगमा कामदारमाथि अनावश्यक दबाब र दुख दिने क्रम बढेको छ । कतिसम्म भने भिषा हुँदाहुँदै पनि सक्कली राहदानी नभएको अभियोगमा आप्रवासी कामदारमाथि प्रहरीले ज्यादती गरिरहेको छ ।

Comments

comments