पछिल्लो समय काठमाडौँ उपत्यकामा चोरहरुको बिगबिगी बढेको छ । उपत्यकामा मात्र पाँच सयभन्दा धेरै पेसेवर ‘चोर’ रहेको प्रहरीको अनुमान छ । यसमध्ये करिब ६० जना प्रहरी हिरासतमा छन् ।

१२ वैशाखको भूकम्पयता महानगरीय अपराध महाशाखाले मात्र ५० जना चेारीका अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेका केही जेलमा छन् । तर, ठूलो संख्यामा चोरीका अभियुक्त पक्राउ परे पनि चोरीका घटना नियन्त्रण हुन सकेको छैन ।

सयभन्दा धेरै पाकेटमारहरुको समूहसमेत राजधानीमा सक्रिय रहेको प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा विभिन्न चोरका समूह सक्रिय हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

दिउँसो चोर्ने, राति चोर्ने तथा केही सिक्री तान्ने त केही हतियार देखाएर डकैती गर्ने समूह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

Please follow and like us:

Comments