पूर्व युवराज पारस शाहको कान्छी श्रीमती रहेको खुलासा भएको छ । थाइ युवती कन्निका चाइयासर्नले मंगलबार बिहान आफ्नो फेसबुकमा पूर्व युवराज पारस शाहलाई सार्वजनिक रुपमा आफ्नो पति बताएकी हुन् । रातो रङको लुज टिसर्ट लगाएर मोटरसाइकलमा पोज दिएर बसेको पारसको फोटोमुनि उनले लेखेकी छिन् माइ हज्बेन्ड।

उनी त नेपालका युवराज हैनन् र ? भन्ने फेसबुक कमेन्टमा उनले अङ्ग्रेजीमा जवाफ दिएकी छिन्, नामको कसलाई मतलब छ र ?

यसअघि पारसले आफ्नो फेसबुकमा कन्निकालाई इङ्गित गर्दै माइ वुमन लेखेका थिए। गत वर्ष उनले लेखेका थिए माइ वुमन कन्निका चाइयासर्नले नै म मर्न लागेको बेला मलाई अस्पताल लगेकी थिइन। उनकै कारण म बाँचेको छु। थाइल्यान्डमा हुँदा पारस कन्निकासँगै बस्थिन्। बीचमा प्रेमिकाले धोका दिएको र आफूलाई पक्राएको भनेर पारसले फेसबुकमै लेखेपछि दुईजनाको सम्बन्ध बिग्रिएका समाचार आएका थिए। तर पछि पारसले सार्वजनिक रुपमा आफूले गल्ती बुझेको भन्दै माफी मागेका थिए।

Comments