गत जून ११ मा रिलिज भएको चलचित्र जुरासिक वर्ल्डले कीर्तिमानी कमाई गरेको छ । ‘जुरासिक पार्क’ श्रृङखलाको चौथो चलचित्र रहेको जुरासिक वर्ल्डले बक्स अफिसमा ३ दिनमै ५० करोड डलर भन्दा बढी कमाई गरेको छ ।

एकसाथ ६६ मुलुकमा रिलिज भएको यस चलचित्रले उत्तर अमेरिकामा २० करोड , र अरु देशहरुबाट ३० करोड डलर भन्दा बढी कमाई गरेको हो । बिजनेस इन्साइडरका अनुसार यो रकम ७ वटा देशको बार्षिक आम्दानी भन्दा पनि बढी हो ।

युनिभर्सल पिक्चर्सको यो चलचित्रले अमेरिकी चलचित्र ईतिहासमा पहिलो सप्ताहन्तमा अहिलेसम्मकै सबै भन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ । यसअघि सन् २०१२ मा रिलिज भएको ‘द एभेन्जर्स’ ले २०.७४ करोड डलर कमाई गरेको थियो ।

फिल्ममा क्रिस प्रर्याट, ब्राइस डलास हावर्ड तथा भारतीय अभिनेता इरपान खानको अभिनय रहेको छ। जसमध्ये क्रिस पे्रट र ब्राईस ड्लास हावर्डले मुख्य भुमिका निर्वाह गरेका छन् ।

Comments

comments