अमेरिकाको एक व्यापारीले महाप्रलायबाट बच्न पूर्ण तयारी गरेका छन् । क्यालिफोर्नियास्थित विवोस नामक कम्पनीका संस्थापक रबर्ट विसिनियोले अरबौ डलर खर्चेर एक आलीशान बंकर बनाएका हुन् । यो बंकर न्यूक्लियर विस्फोट, भूकंप, सुनामी र अरु जुनसुकै पनि प्राकृतिक विपत्ति आइपरे पनि सुरक्षित रहने छ ।

किनकि यो बंकरलाई कुनै पनि प्राकृतिक विपत्ति सामना गर्न सक्षम हुने गरी बनाइएको छ । यो साथै यसमा स्वीमिङ पुल,थिएटर, जिम, रेष्टुरेन्ट, कस्टम अपार्टमेंट र आफ्नै हेलिकोप्टर सेवा समेत रहेको छ भने यहाँ पाँचतारे होटलले दिने सबै सुविधा उपलब्ध छ । यस्तो सुविधा सम्पन्न बंकर जर्मनीको रोथेनस्टेन गाउँमा अवस्थित छ । यस बंकरको नाम विवोस यूरोपा वन शेल्टर राखिएको छ । बंकरका मालिक व्यापारी रबर्ट विसिनियो भन्छन्–हामी अत्यन्त खतरनाक कालखण्डमा बाँचिरहेका छौं । परिवर्तनशील समय र मौसमका कारण जतिखेर पनि महाप्रलाय हुनसक्छ । हामीले त्यस्ता महाप्रलायलाई रोक्न त सक्दैनौं तर त्यसका लागि पूर्व तयारी भने गर्न सक्छौं ।

यो सर्वाइवल शेल्टर कुनै पनि अरबपतिको बंगला या मेगा याटभन्दा ठूलो र बढी सुविधायुक्त छ । साथै रहेक खतराबाट सुरक्षित पनि । जमिनमूनि निर्माण गरिएको यो बंकरको निर्माण लागतबारे कुनै स्पष्ट जानकारी त आएको छैन तर यसको निर्माणमा झण्डै १.१० अरब डलर खर्च भएको अनुमान छ ।

७६ एकड क्षेत्रफमा निर्मित यस कम्प्लेक्समा हरेक परिवारका लागि २ हजार ५ सय स्क्वायर फिटको आ आफ्नो अलग अलग अपार्टमेन्ट रहेका छन् । ती सबै अपार्टमेन्टलाई स्वीमिङ पूल, थिएटर, डीलक्स बाथरूमसँग जोडिएको छ । साथै अस्पताल,रेष्टुरेन्ट र बेकरीको बाटोसँग पनि ती अपार्टमेन्टहरु जोडिएका छन् । हरेक परिवारका लागि रोडवेज, प्रार्थना कक्ष, टेिलविजन स्टेशन र डिटेंशन सेन्टर जस्ता सामूहिक सुविधाहरु पनि उपलब्ध छन्

पानी,जिुली र सुरक्षाकर्मीसमेत आफ्नै रहेको यस बंकरभित्र ६ हजार व्यक्ति बस्न सक्छन् ।

Comments

comments