चिलीमा जारी कोपा अमेरिका कप फुटबलको सोमबार बिहान भएको खेलमा उपाधि दाबेदार ब्राजिलले जित निकालेको छ। स्टार स्ट्राइकर नेयमार चम्केपछि ब्राजिलले पेरुलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा अग्रता भने पराजित टोली पेरुले खेल शुरु भएको तेस्रो मिनेटमै लिएको थियो । तर पेरुको अग्रतालार्इ नेयमारले २ मिनेट पनि टिक्न दिएनन् । गोल खाएर दबाबमा परेको ब्राजिलका लागि ड्यानी अल्भेसको पासमा नेयमारले गोल गर्द‍ै खेलमा फर्काए ।

पहिलो हाफ एक एक गोलमा सकिएको अवस्थामा ब्राजिललार्इ जितका लागि ९० औं मिनेटसम्म कुर्नुपर्यो । विजयी गोलका लागि पनि नेयमारले नै पास निकाले उनले खेलको ९० औं मिनेटमा निकालिदिएको पासमा डोयु्ग्लस कोस्टाले गोल गर्दै ब्राजिललार्इ जित दिलाए ।

ग्रुप सीमा रहेको ब्राजिलले यो जीतसँगै ३ अंक बुटल्दै शीर्ष स्थानमा उक्लेको छ । गएराति नै भएको यही समूहो अर्को खेलमा भेनेजुयलाले कोलम्बियालार्इ १– ० गोलअन्तरले पराजित गरेको छ ।

Comments

comments