गुडिरहेको बसको ड्राइभरलार्इ अचानक छारेरोगले झम्टिँदा एकजना साइकल यात्रीको मृत्युको भएको छ । काकँडभिट्टाबाट जनकपुरका लागि छुटेको बसका ड्राइभरलार्इ धुलाबारीमा छारे रोगले अचानक छोपेपछि बस अनियन्त्रित भई दुर्घटना हुँदा साइकल यात्रीको ज्यान गएको हो ।

चालकलार्इ छारे रोगले छोपेर ढलेपछि अनियन्त्रित भएको बसले ठक्कर दिँदा साइकलमा सवार झापा दुवागढी–८ घर भएका ४० वर्षीय चक्र राजवंशीको ज्यान गएको हो । बसले ठक्कर दिएपछि घाइते भएका उनको उपचार मनमोहन अस्पताल बिर्तामोडमा सम्भव नभएपछि धरान लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कन्काई नगरपालिका सुरुङ्गा-३ घर भएका बसका ड्राइभर ४६ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

comments