नायिका गौरी मल्ल नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेकी छिन । तर उनी हाल छायांकन भैरहेको टेलिश्रृङ्खला सिंहदरवारमा मात्र प्रधानमन्त्री बनेकी हुन् । नेपालको प्रथम महिला प्रधानमन्त्री बनाएर छायांकन भैरहेको यो टेलिश्रृङ्खला २ महिनापछि प्रशारणमा आउनेछ ।

१३ भागको यो सिरियलमा गौरी मल्लले सुशासन, नेतृत्व र उत्तरदायित्वको कुरा गर्नेछिन् । महिला प्रधानमन्त्री बन्दा हुने दुख र उसले पाउने चुनौतीको कथालाई यो सिरियलमा उतारिनेछ । नेपालको केन्दि्रय राजनीतिमा महिलालाई माथि आउने नदिने प्रचलन छदैछ । यो श्रृङ्खलामा यो बिषयले बढी स्थान पाउनेछ । यसको निर्देशन छिरिङरितार शेर्पाले गरिरहेका छन् ।

संविधान बनेपछि नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने बिषयमा यो श्रृङ्खला तयार गरिएको निर्देशकको भनाई छ । निर्माता यूवकर राज राजकणिर्कारका अनुसार यो श्रृङ्खलाले जनतालाई सरकारप्रति उनीहरुको दायित्व र भूमिकाको बिषयमा जानकारी गराउनेछ । यो श्रृङ्खलाको मुख्य पात्रको रुपमा अभिनय गरिरहेकी नायिका गौरी मल्लले ‘सिंहदरबार’ले देशको विभिन्न बिषय, सरकारले भोग्ने चुनौती र जनताले दैनिक भोग्दै आएका समस्यालाई उठान गरेको बताइन् ।

Comments