मेलबर्न । आगामी जुलाई ४ मा हुने एनआरएन अष्ट्रेलियाको निर्वाचन मिति नजिकिएसँगै माहोल पनि निर्वाचनमय बन्न थालेको छ ।

आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएपछि माहोल अझ तातेको छ । यसैबीच एनआरएनएको नयाँ नेतृत्वको सचिव पदमा टोनु घोतानेले उम्मेदवारी दिनुभएको छ । लामो समयदेखि कानूनका विज्ञका रुपमा कार्य गर्दै आउँनुभएका घोतानेले केही समयअघि मात्रै भिक्टोरिया अदालतबाट वकिलको सरकारी मान्यता समेत पाउँनुभएको थियो ।

सन् १९९६ देखि भिक्टोरियन नेपाली समुदायका लागि समर्पित भइ कार्य गर्दै आउँनुभएका उहाँ नेपाली समुदायबीच स्थापित मात्र होइन लोकप्रिय व्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्छ । यहाँका विभिन्न संघ संस्थाहरुमा रहेर लामो समयदेखि कार्य गर्दै आउँनुभएका टोनु घोताने नेपाली भाषा,कला र संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि यहाँ आयोजना हुने कार्यक्रमहरुको व्यवस्थापनमा सक्रियतापूर्वक लागिपर्दै आउँनुभएको छ ।

यसैले एनआरएनएको आगामी नेतृत्वका लागि सचिव पदमा उहाँको उम्मेदवारीलाई लिएर धेरैले खुशी व्यक्त गरेका छन् । यहाँ रहेका नेपाली समुदायको समस्या र भावना दुवै बुझ्ने उम्मेदवारका रुपमा घोतानेलाई हेरिन थालिएको छ । ‘यसले मलाई आफ्नो विजय सुनिश्चित हुने आत्मविश्वास दिलाएकोछ’,घोताने भन्नुहुन्छ–’मेरो उम्मेदवारी मेरो भन्दा पनि यहाँका नेपाली समुदायको इच्छाको उपज हो । त्यसैले पनि मलाई पूर्ण विश्वास छ ।’

नेपाली समुदायको समावेशीकरण र एकतामा जोड दिदै आउनुभएका टोनु घोतानेले यहाँका नेपाली समुदायको सम्भावना र सामाथ्र्यको पहिचान गरि प्रबद्र्धन गर्ने र भूकम्पपछि क्षत विक्षत भएको नेपालको पुननिर्माणका लागि अष्ट्रेलियाका नेपाली समुदायहरुबाट हुनेसम्मको सहयोग र लगानीलाई व्यवस्थित गर्न आफू सदैव लागिरहने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।

यस्तै यहाँ रहेका नेपाली समुदाय र नेपाली विद्यार्थीहरुको समस्या र चुनौतिको उचित सम्बोधन गराउँन अष्ट्रेलिया सरकारसँग समन्वय गर्ने कार्यमा पनि आफू कहिल्यै पछि नपर्ने उहाँको प्रतिवद्दता ।

Comments

comments