सिड्नी ।
अस्ट्रेलिया भ्रमणमा आउनु भएका नेपाली अभिभावकहरूले यहाँंको व्यस्त जीवनशैलीको वावजुद पनि आफ्ना रीति रिवाज संस्कृतिको प्रवद्र्धन र संरक्षणमा लागिपरेका छन् ।

सिड्नीमा रहेका नेपाली अभिभावकहरूले गठन गरेको एक आस्थाइ समितिले विभिन्न रचनात्मक कार्यक्रमहरु समेत गर्दै आएको छ । जमघट भेला , तथा विभिन्न पर्वका कार्यक्रम आयोजना गर्दै आएको सिड्नीको क्याम्पसिमा रहेका नेपाली अभिभावकहरूको यो समूहले हालै मात्र पार्क भित्र योग ध्यान , हास्य चिकित्साको आयोजना गरेका छन् । समुदायका तर्फ बाट डा नारायण प्रधानको आतिथ्य तथा योग प्रचारक आचार्य राजन शर्माको प्रशिक्षण रहेको कार्यक्रममा योग , ध्यान , हास्य चिकित्सामा रमाएर उनिहरूले नेपालको झल्कोलाई मेटाए । ढाका टोपी लगाएर खुला चौरमा हास्य चिकित्सा गरिंरहदा सबैको चासोको विष्य समेत बनेको थियो । यो चासोले पार्कका अन्य विदेशिहरूलाई पनि समुहमा सहभागी हुन आकर्षण दिलायो । अभिभावक समितिका अध्यक्ष शम्भु श्रेष्ठले आफूहरुलाई सकृय बनाइ राख्न समिति मार्फत विभिन्न गतिविधि सन्चालन गर्दै आएको बताए । समितिको पहलमा उनिहरूले विभिन्न पुस्तकालयमा नेपाली पुस्तक समेत मगाएका छन् ।

2
अस्ट्रेलियामा नेपालीहरू बाक्लिंदै जांदा उनिहरूका अभिभावकलाई नेपालबाट भ्रमणमा बोलाउने क्रम पनि बढेको छ । विशेष गरि आफ्ना सन्तान जन्मिए पछि यहांका नेपालीहरूले आ–आफ्ना बुवा आमा लाई ‘भिजिट भिषामा ‘अस्ट्रेलियामा निम्त्याउने गरेका छन् । ३ महिना देखि ५ वर्षसम्म उनिहरूका अभिभावकहरू यहाँं रहने गर्छन् । प्रकृया पुरा हुने कतिपय जेष्ठ नागरिक नेपालीहरू त यहिको पि आर लिएर मात्र नेपाल फर्कने गरेका छन् ।
3

Comments

comments