आज जेठ ३० गते अर्थात जुन १३ तारिख शनिवार ध्वांक्ष र अतिगंड नामक दुई योग बनिरहेको छ । लगभग पूरै दिन रहने यस योगको असर सबै राशीमा रहनेछ । चंद्रमा र अन्य ग्रहको स्थिति अनुसार कुनै व्यक्तिमा कम त कुनैमा बढी असर पर्नेछ ।

ध्वांक्ष योग चन्द्रामाको भरणी नक्षत्रमा रहदा बनेको छ । यस योगको प्रभावले दिनभर मानसिक तनाव र चिन्ता बढ्नेछ । पैसाको नोक्सान पनि हुन सक्नेछ । यस योगको प्रभावले सरकारी जागिर जाने,उधारो पैसा डुब्ने वा अरु कुनै नराम्रो खबर पनि आउँन सक्छ । यसको साथै सूर्य र चन्द्रमाको स्थितिले अतिगंड नामक योग पनि लगभग पूरै दिन रहनेछ । यस योगको प्रभावले छिटपुट विवाद, बहस र मुड विगारिदिनसक्छ । यस योगको प्रभावले सोचेको काममा बाधा उत्पन्न समेत हुन सक्नेछ ।

यी दुई अशुभ योगको बावजूद पनि आज शनिवारको दिन केहीका लागि उत्तम दिनको रुपमा समेत रहनेछ । ग्रह गोचर अनुसार शनिवार केही राशीका लागि फलदायी रहनेछ ।

Comments

comments