क्यानडामा जारी महिला विश्वकप फुटवलमा दोस्रो चरणका खेलहरु सुरु भएका छन । आफ्नो दोस्रो खेलमा दुई पटकको च्याम्पियन जर्मनीले, नर्वेसंग बराबरी खेलेको छ । चीनले भने नेदरल्याण्डसलाई पराजित गर्दै जारी विश्वकपमा पहिलो जीत हात पा¥यो ।

पहिलो खेलमा आइभोरी कोस्टलाई दश शुन्यको फराकिलो अन्तरले पराजित गरेको जर्मनीले खेलको छैटौ मिनेटमानै अग्रता लिएको थियो । अन्जा मिटागले गोल गर्दै जर्मनीलाई एक शुन्यको अग्रता दिलाएकी थिइन् । जर्मनीले पहिलो हाफमा आफ्नो अग्रता कायम राखेपनि अन्तिम समय सम्म जोगाउन भने सफल भएन् । ६१ औं मिनेटमा नर्वेकी मरिनले बराबरी गोल फर्काएकी थिइन् । सन २००३ र २००७ मा उपाधि जितेको जर्मनी जारी प्रतियोगिताको पनि दावेदार टिम हो ।

समुह बी मा रहेको जर्मनी ४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । यसै समुहको अर्को खेलमा थाइल्याण्डले आइभोरी कोस्टलाई ३–२ गोलले पराजित गरेको छ । थाइल्याण्ड एक शुन्यले पछि परेको स्थितिमा खेलमा फर्किएको थियो । आइभोरी कोस्टकी एंगेले चौथो मिनेटमा गरेको गोल मार्फत आइभोरी कोस्टले सुरुवाती अग्रता लिएको थियो । तर थाइल्याण्डकी ओराथाइ श्रीमानीले २६ र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् । ७४ औं मिनेटमा थन्नाटा चावङले गोल गरेपछि थाइल्याण्डले तीन एकको अग्रता लियो । ८८ औं मिनेटमा नाही जोशीले गोल गरेपनि आइभोरी कोस्टको जीतका लागि पर्याप्त भएन् ।

समुह ए को खेलमा चीनले नेदरल्याण्डसलाई एक शुन्यले स्तब्ध पा¥यो । चीनको जीतमा इन्जुरी समयमा लिजी वाङले गोल गरेकी थिइन् । यसै समुहमा रहेको घरेलु टोली क्यानडाले भने न्युजिल्याण्डसंग गोल रहित बराबरी खेल्यो ।

Comments