तामाङ सञ्चार समूहले गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परी निधन हुनुभएका गोरखापत्रका खेल पत्रकार सुमन बम्जनको नाममा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ । उहाँको ४९ औं दिनको पूण्यतीथिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा समूहले सो घोषणा गरेको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै समूहका अध्यक्ष जगत दोङले नेपाली खेल र पत्रकारिता क्षेत्रले एक प्रतिभावान र संघर्षशील सहकर्मीलाई गुमाएको धारणा राख्दै बम्जनले पत्रकारितामार्फत पु¥याउनुभएको योगदानको कदर स्वरुप पुरस्कारको स्थापना गरेको जानकारी दिनुभयो । पुरस्कार प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारलाई प्रदान गरिने समूहले जानकारी दिएको छ ।

स्वर्गीय बम्जनको मकवानपुरस्थित घरसमेत पूर्ण रुपमा क्षतिग्रस्त भएकोले सोको पुर्ननिर्माणका लागि सहयोग जुटाउन पहल गर्ने निर्णय समेत गरिएको अध्यक्ष दोङले बताउनुभयो ।

समूहको केन्द्रीय कार्यालय अनामनगरमा आयोजित सभामा वरिष्ठ संगीतकार प्रदीप बम्जन, पत्रकार अमरध्वज लामा, रमीता लामालगायतले पत्रकार बम्जनको बारेमा चर्चा गर्नुभएको थियो ।

Comments

comments