-लक्ष्मण गौतम

अहिले केहि साथीहरु ले बिदेशिएका साथीहरु लाई गाली गरेर आफुलाई राष्ट्रबादी पुष्टि गर्ने होड चलेको छ । ग्लोबलाईजेसन को यो जमाना मा मान्छे पढाईका लागि , रोजगारीका लागि , घुम्न का लागि वा बसाई सराई गरेर एक देश बाट अर्को देशमा जान्छ , यो संसार भरि नै हुने सामान्य प्रक्रिया हो । नेपालमा पनि हुन्छ । अहिले भारतमा हेर्यो भने लगभग ६० % बेदेशियेका NRI हरु भारत फर्केका छन वा भारत मा लगानी गरेका छन , चाईना मा त्यो झन ८०% को हाराहारी छ । तेसैले त यी देश बिकासको गतिमा दौडि रहेका छन । भारतमा राष्ट्र बैक का गभर्नर अमेरिकी पिआर धारी छन । भारत , पाकिस्तान लगाएत का यशियाली मुलुक हरु र युरोप , अमेरिकाका नागरिक लाई अरु १०० देशको नागरिकता राख्न पनि छुट छ किनकी बिकास नागरिकता ले होईन बिचार ले गर्ने हो भन्ने उनीहरुले बुझेका छन । अफ्रिका बाट एउटा काले अमेरिका पुगेर तेहाको राष्ट्रपति हुन्छ , बेल्जियेम बाट एउटा गोरे बेलायत पुगेर प्रधानमन्त्री पद को उमेद्वार हुन्छ , ईटालियन को कोख बाट जन्मेको एउटा युवा भारत मा प्रधानमन्त्री का लागि चुनाबी प्रतिश्पर्धा गर्छ भने ईटालिएन नागरिकले भारतको पहिले को सत्ताधारी पार्टी र अहिलेको प्रतिपक्ष पार्टि को नेतृत्व गर्छिन । तर बिडम्बना नेपाल मा पढेलेखेका मानिस हरुलाई देश छोडेर जानका लागि बाध्य पार्ने कानुन ल्याउने कोशिस गरिन्छ ।

अहिले नेपाल बाट दिनहु १५००-२००० युवा बिदेशिए रहेका छन , कोहि सोख का लागि गए होलान तर धेरै बाध्यता ले रोजगारी का लागि गएका छन । नेपाल मा रोजगारी छैन र भए पनि नेपालको महंगी सुहाउदो तलब छैन तेसैले बिदेशिन बाध्य छन । पुग नपुग ३ करोड जनासंख्या भएको देश बाट ७० लाख भन्दा बढी जनता जीवन धान्न का लागि नै बिदेशिनु पर्ने बाध्यता छ । अहिले नेपाल को अर्थतन्त्र को लगभग ४०% रेमिटान्स ले ले चलेको छ , यो नेपाल सरकार ले नै दिएको तथ्याङ्क हो । आजको दिनमा नेपाल का लगभग प्रत्यक घर बाट एकजना विदेशिएको छ वा बिगतमा बेदेशिएको थियो । बेदेशिएको प्रत्येक ब्यक्त्तिले केहि न केहि सिप सिकेको हुन्छ । यदि नेपाल सरकार ले बिदेशिएका केहि प्रतिशत नेपालीलाई देशमा नै उपयोग गर्न सक्ने हो भने नेपाल पक्कै बन्ने छ । खाडी मुलुक निर्माण गर्ने सिप भएको नेपालीले पक्कै पनि नेपाल निर्माण गर्न सक्छ ।

भारतलाई गाली गरेर वा बिदेशिएका नेपालीलाई गाली गरेर राष्ट्रबादी भईदैन । आफुले देशमा नै बसेर राष्ट्रका लागि के गरे त भन्ने तर्फ पनि ध्यान जान जरुरि छ । अन्तमा , भारत र चाईनाको बिकास तिनै बिदेशिएका आफ्ना नागरिक बिना सम्भव थिएँन , नेपाल मा पनि छैन र हुने पनि छैन । तसर्थ नेपाल सरकार ले बिदेशिएका नेपालीहरु लाई नेपाल नै फर्किने वा लगानी गर्ने नियम , कानुन र वातावरण मिलाउन जरुरि छ । नेपाल बाट विदेशिएको यो पहिलो पुस्ता हो , यदि नेपाल सरकार ले यस तर्फ ध्यान नदिने हो भने दोश्रो पुस्ता को नेपाल संग सम्बन्ध बिक्षेद हुने छ । यसको घाटा प्रत्यक्ष रुपमा नेपाल लाई नै हुने छ ।

राष्ट्रलाई माया गर्न भूगोल मा नै हुनु पर्दैन , स्मरण रहोस देश लुट्ने देशको भूगोल मा नै बसेका नेपालीले हो , बिदेशिएकाले होईन ।

Comments

comments