एक समय शानको मोबाइल सेटको रुपमा परिचित ब्ल्याकबेरी फेरि आफ्नो पूरानो साख फर्काउँने कोशिसमा जुटेको छ ।

त्यसैले प्रतिस्पर्धी बजारमा टिक्नका लागि उसले पनि नयाँ नयाँ डिजाइन र फिचरयुक्त मोबाइल सार्वजनिक गर्ने तयारी थालेको छ । यसैबीच केही समय अघि स्केज सार्वजनिक भएको ब्ल्याकबेरी ओस्लो सेटको वास्तविक तस्वीर भर्खरै सार्वजनिक भएको छ । एनफोविवि डट कम मार्फत सार्वजनिक भएको ब्ल्याकबेरी ओस्लोको तस्वीर आकर्षक रहेको छ । यो नयाँ फोन ब्ल्याकबेरी पासपोर्ट जस्तै हुनेछ । तर यसमा केही नयाँ फिचरहरु पनि थपिएका छन् ।

ओस्लोको फिचरहरु लगभग पासपोर्टसँग मिल्दोजुल्दो छ । यो फोनमा पनि 2.2 GHz MSM8974 स्नैपड्रैगन प्रोसेसर रहेको छ । यसको साथै १३ मेगापिक्सलको क्यामरा,३ जीबी र्याम र 3450 mAh ब्याट्री रहेको छ । सबैभन्दा बढी फरक चाहिं यसको लुक्समा रहेको छ । नयाँ ओस्लोमा स्टील फ्रेम र सिल्वर प्लास्टिक बडी दिइएको छ । यस्तै ओस्लोको पछाडिको भाग भने रबरको छ । तर यो फोन कहिलेदेखि बजारमा आउँछ भन्नेबारे भने केही खुलाएको छैन ।

Comments