चढ्दो गर्मीसँगै पूर्वाञ्चलका स्वास्थ्य संस्थाहरुमा रगत अभाव भएको छ । गर्मीका कारण विगत एक सातादेखि रक्तदान कार्यक्रम नगरिएका कारण विराटनगरस्थित क्षेत्रीय रक्तसंचार सेवा केन्द्रमा रगत अभाव भएको हो ।

विराटनगरस्थित क्षेत्रीय रक्तसंचार सेवा केन्द्रले ए, बी, एबी र ओ गरी सबै समूहको रगतको अभाव भएको जनाएको छ । विगत एक सातादेखि क्तसंचार सेवा केन्द्रमा रगत अभाव भएपछि विराटनगरका अस्पतालहरुमा शल्यक्रिया समेत प्रभावित भएको नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुबोधकुमार सिंहले जानकारी दिनुभयो ।

यस केन्द्रबाट दैनिक ६० देखि ९० पीन्ट रगत वितरण हुदै आएकोमा रगत अभाव भएपछि सम्बन्धित विरामीका आफन्तहरुले हैरानी खप्नु परेको छ । रगत आवश्यक पर्ने विरामीका आफन्तले नै सम्बन्धित ब्लड ग्रुपको रगत खोज्नुपर्ने भएकोले पनि बाहिरबाट आउने विरामीका आफन्तहरुलाई समस्या पर्ने गरेको छ । सो केन्द्रबाट सिरहा, सप्तरी, सुनसरी, झापा तथा भारतको जोगबनी, पूर्णिया, फारबिसगंजका विरामीहरुलाई समेत रगत आपूर्ति हुदै आएको थियो ।

Comments

comments