बिहिबार राति फेरी अर्को शक्तिशाली परकम्पन गएको छ । रति ९ बजेर ५७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५ दशमलब ३ रेक्टरस्केलको परकम्पन गएको हो ।

विहिवार मात्र ३ वटा परकम्पन महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज शुक्रबार बिहान पनि गोरखा केन्द्र भएर ४.६ को कम्पन महशुस भएको छ ।

बिज्ञहरुका अनुसार ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक हो ।

Comments

comments