पोखरा र चितवनमा बुधबारबाट सुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा एपीएफ क्लब, क्षेत्र नम्बर ७ जनकपुर, क्षेत्र नम्बर नौ धनगढी र क्षेत्र नम्बर ५ नेपालगंज विजयी भएका छन ।

पोखरामा सम्पन्न खेलमा एपीएफले क्षेत्र नम्बर एक बिराटनगरलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको विराटनगर खराब ब्याटिङ प्रदर्शन गर्दै १९ ओभरमा सवै विकेट गुमाउदै ४८ रनको न्युन स्कोरमा रोकिएको थियो । बिराटनगरका कुनै पनि खेलाडीले दोहोरो अंक छुन नसक्दा काजोल श्रेष्ठले बनाएको ९ रननै टिमको उच्च स्कोर बन्न पुग्यो । बिराटनगरको पारी सखाप बनाउने क्रममा सिता राना मगरले तीन तथा रुविना क्षेत्रीले दुई विकेट लिइन् । ४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १२ ओभर ५ बलमा ४ विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो । एपीएफलाई जीत दिलाउन सरिता मगरले अविजीत २३ रन बनाइन् । अर्को खेलमा नेपालगंजले घरेलु टोली क्षेत्र नम्बर ८ पोखरालाई ९ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको पोखराले ६ ओभरमा अल आउट हुदै १६ रनको लज्जासपद स्कोर बनाएको थियो । पोखराका खेलाडीले ब्याटले जम्मा चार रन बनाएका थिए । ५ जना खेलाडी डक आउट भए । नेपालगंजका सम्झना शर्मा र तृष्णा सिंहले तीन तीन विकेट लिए ।

उता चितवनमा भएको खेलमा धनगडीले क्षेत्र नम्बर ४ भैरहवालाई ७ विकेटले पराजित गरेको छ ।

भैरहवाले प्रस्तुत गरेकको ८५ रनको झिनो लक्ष्य धनगढीले १५ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । धनगढीको जीतमा निर्मला शाहीले अविजीत ३१ र निर्मला चन्दले १६ रनको योगदान दिइन् । भैरहवाकी सिमा थापाले एक विकेट लिइन् । यसअघि चितवनको क्याम्पाचौरमा टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा सवै विकेट गुमाउदै ८४ रन बनाएको थियो धनगढीकी सोनु खड्काले दुई विकेट लिइन् । चितवनमै भएको अर्को खेलमा जनकपुले क्षेत्र नम्बर २ बिरगंज माथि ९ विकेटको जीत हात पा¥यो । बीरगञ्जबाट पाएको ६८ रनको लक्ष्य जनकपुरले ११ ओभर ४ बलमा १ विकेट गुमाउदै पुरा गरेको थियो । ०००

Comments

comments