गैर आवसीय नेपाली संघ (एन आर एन) अस्ट्रेलियाको अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार ऋृषि कंडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उम्मेदवारी दर्ताको अन्तिम दिनमा उहांले कुनै समुहमा आवद्द नभई स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । पुनर्निर्माणमा एन आर एन’ नारा सहित उम्मेदवारी दिनुभएका कँडेलले संघ विवाद ,राजनीति, गुट–उप गुट र प्यानलबाट मुक्त रहनुपर्छ भन्ने मान्यताका साथ स्वतन्त्र उम्मेदवारी दिएको बताउँनुभयो । कंडेलले दलगत र समुहगत स्वार्थ भन्दा माथि उठेर एनआरएनको सुधार गर्ने आफ्नो लक्ष्य पुरा गर्न आफुले यो उम्वेद्वारी दिएको धारणा राख्नुभयो । ब्यक्ति र समूह भन्दा पनि लक्ष्य महत्वपूर्ण रहने बताउँदै उहाँले स्वतन्त्र उम्वेद्वारलाई मन पराउने मतदाताहरूको समर्थन नै आफ्नो विजयको आधार हुने विश्वास व्यक्त गर्नुभयो ।

भिक्टोरिया एनआरएनको संयोजन गर्दै आउनु भएका कंडेल पछिल्लो कार्य समितिमा उपाध्यक्ष पदमा रहि कार्य अनुभव गरिसक्नुभएको छ ।

Comments

comments