संविधानसभाको बैठक आज बस्दैछ ।

अपरान्ह बस्ने संविधानसभा बैठक पनि कांग्रेसका पूर्व सभासद गोपाल कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ ।

यसअघि संविधानका विवादित विषयमा सहमति खोज्न आइतवार बस्ने भनिएको प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्न सकेन । आज संविधानसभा वैठक स्थगित भएसँगै नेताहरुका लागि छलफलको थप समय मिल्ने भएको कारण आइतबारको शीर्ष नेताहरुको बैठक स्थगित भएको बताइएको छ ।

वैशाख १२ गते गएको विनाशकारी महाभूकम्प पश्चात विपरित ध्रुवमा बाँडिएका राजनीतिक दलहरु एकाएक राष्ट्रिय सहमतिका आधारमा नयाँ संविधान, पुननिर्माण र राष्ट्रिय सरकार गठनका विषयमा छलफलमा जुटेका छन् ।

खासगरी संविधानमा संघियताको विषयमा प्रदेशको संख्या, नामांकन र सिमांकनबारे छलफलद्धारा सहमतिमा पुग्न कोशिशरत दलहरु अहिलेसम्म पनि सहमतिमा पुग्न सकेका छैनन ।

Comments