तपाई र तपाईको पार्टनरबीचको सेक्स सम्बन्ध वास्तवमै सही तरिकाबाट भैरहेको छ कि छैन ? त्यसमा केही परिवर्तन गर्नुपर्ने हो कि ? यस्ता प्रश्नहरुले तपाईलाई सताइरहेको छ भने अब त्यसको जिम्मा लभ्लीलाई छोडिदिनुहोस् । किनकि लभ्लीसँग यस्ता सबै प्रश्नको सही जानकारी सहितको जवाफ छ ।

लभ्ली हालसालै मात्र सार्वजनिक गरिएको एउटा सेक्स टोय हो । एप्स सहित आउँने लभ्लीले तपाई र तपाईको पार्टनरबीचको सेक्स सम्बन्धबारे विस्तृत अध्ययन गरेर सुझाव दिन्छ । सानो लकेट जस्तो लभ्लीलाई सेक्सको बेलामा केटाले लगाउँनुपछ । जब यो लगाएर सेक्स गरिन्छ तब यसले एप्स मार्फत रिपोर्ट पठाउँन शुरु गर्छ । यसले तपाईको सेक्स सम्बन्धको अवस्थाबारे जानकारी मात्र दिदैन,सुझाव पनि दिन्छ जुन अर्को पटकका लागि काम लाग्न सक्छ ।

यसका आविष्कारक कोनिक भन्छन्–लभ्लीले तपाईको यौन जीवनलाई जीवन्त बनाइदिन्छ ।
यसमा जडित विशेष खालको सेन्सर्ड डिभाइसले सेक्सको बेला तपाईले दिने स्पीड,त्यसमा प्रयोग हुने बल,अवधि लगायत सेक्ससँग जोडिएका भिन्न भिन्न पक्षहरुको अध्ययन गर्दछ ।

Comments

comments