वुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको १८ आंै संस्करणको उपाधिका लागि नेपाल आर्मी क्लब र आयोजक रुपन्देही एघार बीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार भएको दोस्रो सेमीफाइनलमा विभागीय टोली आर्मीले झापा एघारलाई २–० ले पराजित गर्दै स्पन्देही संगको भेट पक्का गरेको हो ।
एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीकोे जीतमा भरत खवास र जितेन्द्र कार्कीले एक एक गोल गरे । भरतले खेलको ३२ औं मिनेटमा गोल गर्दैै आर्मीलाई एक शुन्यको अग्रता दिलाएका थिए । एक शुन्यको अग्रता लिदा पहिलो हाफ टुंग्याएको आर्मीले दोस्रो हाफमा पनि झापालाई आफ्नो पोस्टमा हाबी हुन् दिएन ।

केही राम्रा मुभ सिर्जना गरेपनि झापा सफल नहुँदा आर्मी भाग्यमानी सावित भयो । ७८ औं मिनेटमा जितेन्द्रले गोल गर्दै आर्मीलाई बलियो स्थितिमा पु¥याएका थिए । बांकी समयमा कुनै गोल नभएपछि झापा आर्मीलाई नतिजा सुम्पिन बाध्य भयो । उपाधिका लागि आर्मी र रुपन्देही सोमबार आमने सामने हुनेछन ।

रुपन्देही सेमीफाइनलमा भारतको दार्जिलिङलाई पराजित गर्दै फाइनल पुगेको हो ।

Comments

comments