भारतको मध्य प्रदेशको निमचमा जिल्ला अस्पतालमा उपचाररत यी बालक दिनमा २–३ पटक मरेर फेरि बाँच्ने गरेका छन् ।

१३ वर्षीय यी बालक यतिखेर आफ्नो मृत्यु र जिन्दगीसँग साँच्चिकै संघर्ष गरिरहेका छन् । २४ घण्टामा २–३ पटक त उनी मर्ने गरेका छन् । जब उनको सास र मुटुको धड्कन रोकिन्छ,त्यतिखेर अक्सिजन दिएपछि फेरि उनले पुनर्जीवन पाउँने गरेका छन् । यस्तो अनौठो रोगबाट ग्रस्त आफ्नो छोराको मृत्यु हरेक दिन हेरिरहन बाध्य छन् उनका बाबु आमा । जिल्ला अस्पतालले यस रोगको उपचार गर्न मुम्बइ अथवा दिल्ली लैजान सुझाव दिएको भए पनि गरीबीका कारण लैजना नसकेको उनको आमा बुवाले बताए । चिकित्सकहरुले ती बालकलाई ठूलो अस्पतालमा लगेर शल्यक्रिया गर्न सुझाव दिएका छन् । १३ वर्षीय कौशल नामक यी बालक जन्मेदेखि नै मुटुको गम्भीर रोगी छन् ।

चिकित्सकहरुले उनको रक्तनलीहरु गलत तरिकाले जोडिएको कारण समस्या देखिएको बताएको छ । यसले गर्दा उनको सास जतिखेर पनि रोकिन सक्ने चेतावनी समेत चिकित्सकहरुले दिएका छन् । तर अक्सिजन पाउँने वित्तिकै बन्द भएको श्वासप्रश्वास फेरि सुचारु हुने गरिएको छ । यी बालकको यस्तो अनौठो रोग र उनको गरीबीका बारेमा थाहा पाएपछि अहिले सामाजिक सञ्जालहरुमा उनलाई बचाउँन सहयोग जुटाउँने अभियान पनि चलेको छ ।

Comments

comments