एजेन्सी । विश्वकै सबैभन्दा जेठी विरालीको मृत्यु भएको छ । २७ वर्ष २ महिना र नौदिन बाँचेर टिफानी नामक उक्त विरालीले अहिलेसम्मकै सबैभन्दा धेरै वर्ष बाँच्ने विश्व रकर्ड बनाएको छ । उनको गत मे २२ मा स्वभाविक मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् । टिफानी विरालीको मालिकनी शरोन वुर्हिजका अनुसार सधैं आफूसँगै सुत्न रुचाउँने विरालो पछिल्लो समय भने छुट्टै सुत्न रुचाउँथिन् । मृत्यु नजिक आएपछि जनावरहरुले घर र मालिकलाई सकभर दुख र पीडा नदिऊ भन्ने सोच राख्छन् भन्ने कुराको पुष्टि टिफानीले गरिदिएको उनको मालिकनीले बताइन् ।

कालो र सुन्तला रंग मिश्रित टिफानीको वर्ण कछुवाको जस्तै थियो । टिफानीलाई उनको मालिकनीले सन् डियागो क्यालिफोर्नियास्थित एक पसलबाट सन् १९८८ को मार्च १३ मा किनेर ल्याएकी थिइन् । त्यतिखेर ६ हप्ताकी रहेकी टिफानीलाई उनको मालिकनीले १० डलर तिरेकी थिइन् । गिनिज बुक अफ वल्र्ड रेकर्डले टिफानीलाई संसारकै सबैभन्दा जेठी विरालोको उपाधि सन् २०१४ को अक्टुबरमा दिएको थियो । यसभन्दा अघि टेक्सासकै विरालोले ३८ वर्षसम्म बाँच्ने रेकर्ड बनाएको थियो । टिफानीको मृत्यु पछि अब कुन विरालो सबैभन्दा जेठो जीवित विरालोको रुपमा रहेका छन् भन्ने बारे गिनिज बुकले अझै बताइसकेको छैन ।

तर टिफानीको मृत्युप्रति भने एक विज्ञप्ति जारी गर्दै गिनिज बुकले दुख व्यक्त गरेको छ ।

Comments

comments