कमलपाखरीस्थित कुमारी हलमा बिहान ९ बजे गरिएको नागबेलीको प्रिमियरमा फिल्म युनिट, फिल्मकर्मी र सञ्चारकर्मीको सिमित उपस्थिति बीच अभिनेत्री करिश्मा मानान्धर आकर्षणको केन्द्र बनिन् ।
naagbeli
 गोदावरी निवासदेखि ९ बजे कुमारी हल आइपुगेकी करिश्माले मिल्ने साथी निर्देशक गोविन्द राईको चलचित्र “नागबेली”को खुलेर प्रसंशा गरिन् | फिल्म नागबेली हेरेपछि करिशमाले निर्देशक राईको निर्देशकिय क्षमतासँगै कलाकारको अभिनय एवं फिल्मको कथा मन परेको प्रतिक्रिया दिएकी थिइन्  ।
 युवा पुस्ताले भोग्दै आएको वर्तमान वेरोजगारीको कथालाई मुख्य विषय बनाइएको   यो चलचित्र  गोविन्द राईको पहिलो निर्देशकीय चलचित्र हो | एक सय बढी नेपाली फिल्मको नृत्य निर्देशन गरेका गोविन्द राईको निर्देशकीय भूमिका पहिले भए पनि राम्रै मेहेनत देखिएको उपस्थित दर्शकहरुले प्रतिक्रिया दिएका थिए |
रोमियन लिम्बुको लगानी रहेको फिल्म ‘नागबेली’मा नीर शाह, दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गरच, विक्की मल्ल, सुरवी जैन, सम्भव श्रेठ, अशोक फुयाँल, रुपा राना, लुनिभा तुलाधर लगायतको अभिनय हेर्न सकिने छ |चलचित्र  नागबेली असार २७ गतेबाट नेपालभर  प्रदर्शन हुने बताइएको छ |( तस्विर: फिल्मिखबर)

Comments

comments