अष्ट्रेलियास्थित फेडरेसन विश्वबिद्यालयले गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई विद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ ।

अष्ट्रेलियास्थित फेडरेसन विश्वबिद्यालयले घलेलाई गत मे ६ तारिखमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने तय गरेको थियो तर त्यसबेला घले नेपालमा भूकम्प पिडीतलाई राहत र्पुयाउन गाउँगाउँमा खटिरहेकाले विद्यावारिधि उपाधि दिने कार्यक्रम सरेको छ ।

अष्ट्रेलियाको उच्च शिक्षामा पुर्याएको देन, सम्पदा संरक्षण र नेपाली जनताको सेवामा खटेर अतुलनिय कार्य गरेको भन्दै विश्वबिद्यालयले घलेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको बिश्वबिद्यालयले जनाएको छ् ।

अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा ‘मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) कलेज संचालन गरिरहेका घलेसँग त्यहाँका ऐतिहासिक महत्वका पुराना भवनको स्वामित्व पनि छ । उनले मेलवर्नको अर्गस नामक पुरानो भवन खरिद गरी करिव ५ करोड डलर खर्चेर पुनःनिर्माण गरी हालै संचालनमा ल्याएका छन् ।

नेपालमा पाँचतारे डिलक्स शेराटन काठमाण्डौं होटल निर्माण गरिरहेका घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका छन् । यो नै नेपालकै सवैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।

स्थगित दीक्षान्त समारोह डिसेम्बरका लागि सारिएको आफुले जानकारी पाएको घलेले बताए ।

Comments

comments