बैशाख १२ गतेको बिनाशकारी भुकम्प र त्यस पछिको पराकम्पनबाट सरकारको ३३ अर्वको राजश्व असुली प्रभावित भएको छ ।

भूकम्पको कारणले गर्दा सरकारले असुली गर्नु पर्ने भन्सार, आयकर, भ्याट,अन्तशुल्क लगायतको राजश्व असुली प्रभावित भएको हो । भन्सार नाकाहरुबाट भुकम्प गए पछि सवै भन्दा बढी भन्सार छुटमा राहत सामग्रीहरु भित्रिए पछि राजश्व सवै भन्दा बढी प्रभावित भएको हा ।

भन्सार नाकाहरुबाट राहतको नाममा मात्र सामग्रीहरु ्िभत्रिरहेका छन । जसवाट सरकारले पाउनु पर्ने भन्सार, आयकर,भ्याट प्रभावित हुन पुगेको छ । सरकारले चालु आर्थिक बर्ष ४ खर्व, २२ अर्ब ९० करोड रुपैया राजश्व असुलीको लक्ष्य लिएको थियो । तर यो राजश्वको लक्ष्यमा करीव ३५ अर्वको राजश्व कम उठ्ने भएको छ । त्यसैगरी सरकारले भन्सारको राजश्व यो बर्ष १ खर्व ८४ अर्वको लक्ष्य लिएको थियो । जुन राजश्वमा करीव १८ अर्व कम उठ्ने भएको छ । केही समय यता देखि राहतको नाममा आउने खाद्यान्न, पाल, त्रिपाल, औषधि, मेडिकल उपकरण, सुरक्षा निकायहरुले प्रयोग गर्ने सचार उपकरणहरु, ब्ल्याङकेट जस्ता सामग्रीहरु भन्सार छुटमा भित्रिरहेका छन ।

नेपाल उद्योग बाणिज्य महासघ, नेपाल चेम्वर अफ कर्मस, नेपाल उद्योग परिसघ र तीनका ब्यबसायिक सस्थाहरुले पनि भन्सार छुटमा सामान भित्राइरहेको खुलासा भएको छ । अर्थ मन्त्रालयका राजश्व सचिव नवराज भण्डारीले भुकम्पको कारण सरकारको लक्ष्य अनृुसारको राजश्व प्रभावित हुने बताउनु भयो ।

सरकारको अन्तशुल्क, भ्याट आयकर पनि प्रभावित भएको छ । करीव १० अर्वको भ्याट र आयकर प्रभावित भएको छ । बैक तथा वित्तीय सस्था, बिमा, होटल तथा पर्यटन क्षेत्रको भ्याट र आयकर प्रभावित हुने भएको छ । राहतको नाममा आउने सामग्रीहरुले पनि राजश्व प्रभावित पारेको राजश्व सचिव भण्डारीले बताउनु भयो ।

राहत सामग्रीहरुको नामबाट भित्रित्रे बस्तुहरुमा भन्सार छुटको दुरुपयोगलाई सरकारले रोक्न सकेको छैन ।

Comments