हिमालयन कङ्गारु विशेष । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको नयाँ नेतृत्वका लागि चुनावी माहोल बढ्दैछ । चुनावी प्रक्रियाका लागि चरणबद्ध कार्यतालिका सार्वजनिक भएसँगै चुनावी माहोल पनि बढेको हो ।

एनआरएनएले सार्वजनिक गरेको कार्यतालिका अनुसार जुन ३ अर्थात विहीवार सम्पूर्ण मतदाताहरुको अन्तिम नामावली प्रकाशित गर्दैछ । यस्तै नयाँ नेतृत्वका लागि उम्मेदवारी दिन इच्छुकहरुले जुन ४ देखि ९ तारिखको साझँ ५ बजेसम्म आ आफ्नो उम्मेदवारीका लागि आवेदन बुझाउँन सक्नेछन् । उम्मेदवारहरुको अन्तिम नामावाली जुन ११ का दिन प्रकाशित गरिने एनआरएनएले जनाएको छ । प्रकाशित उम्मेदवारहरुको नामावालीमाथि कुनै दाबी विरोध भए जुन १२ देखि १५ सम्म गर्न सकिने गरेर व्यवस्था मिलाइएको छ । त्यसपछि संशोधन सहितको उम्मेदवार सूची जुन १७ मा प्रकाशित हुनेछ । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेले जुन १८ देखि २२ तारिखभित्र फिर्ता लिने सक्नेछन् भने २४ तारिखका दिन अन्तिम उम्मेदवार सूची प्रकाशित गरिनेछ ।

जुन २७ का दिन स्थानीय समय अनुसार दिउँसो २ः३० देखि अपरान्ह ४ः०० बजेसम्म मतदानको पूर्व तयारीका बारेमा छलफल हुने कार्यतालिकामा उल्लेख छ ।

एनआरएनएको आगामी नयाँ नेतृत्वका लागि जुलाइ ४ का दिन मतदान हुनेछ । मतदानको कार्यतालिका सार्वजनिक भएसँगै अष्ट्रेलियाका नेपाली समुदायबीच चुनावी सरगर्मी र अबको नेतृत्वका विषयमा विशेष चासो पनि बढ्दै गएको छ ।

NRNA election

Comments