नेपालसँग कुनै छलफल बिनै विवादित क्षेत्र लिपुलेकमा व्यापारिक नाका खोल्ने चीन र भारतबीच भएको ब्यापारिक सम्झौताको विभिन्न क्षेत्रका बिज्ञहरुले विरोध गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा दुई देशबीच लिपुलेक भन्ज्याङ्ग हुँदै भारत चीन व्यापारिक नाका खोल्ने सहमति भएको थियो ।

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनद्वारा बुधबार आयोजित कार्यक्रममा दलका नेता, सिमाविद्, बुद्धिजीवी लगायतले लिपुलेकको करिब ३ सय ७२ वर्ग किलोमिटर क्षेत्र नेपालको भू–भागमा रहेको भन्दै विवादित क्षेत्रलाई दुई देशको नाका बनाउन नमिल्ने धारणा राखेका छन् ।
कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नोपल र भारतबीच भएको सन्धिको दस्तावेज प्रमाणको रुपमा लिपुलेकको भूभाग नेपालमा पर्ने बताउनुभयो । उहाँले भारतले कालापानी देखि लिपुलेक सम्मको जग्गा हडप्न खोजेको आरोप लाउँदै नेपाल सरकारले यो बिषयलाई गम्भीररुपमा लिएर चाँडै नै त्रिपक्षीय वार्ता गरि लिपुलेकलाई बचाउनुपर्ने बताउनुभयो ।

सिमाविद् बुद्घिनारायण श्रेष्ठले भारत र चिनले आफ्नो स्वार्थगत तवरले लिपुलेकलाई प्रयोग गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले लिपुलेक भन्ज्याङ्ग हुदै व्यापार नाका खुलाउदा चीन र भारत दुबैलाई आर्थिक र दूरीको हिसाबले सजिलो पर्ने भएकोले अहिलेको व्यापार सम्झौता गरिएको तर्क राख्नुभयो । उहाँले यथाशिघ्र नोपल सरकारले भारत र चिन सरकारबिच भएको सम्झौता पुनरावलोकन गरिनुपर्ने सहितको पत्र भारत र चीनलाई पठाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेकपा माओवादीका स्थायी कमिटी सदस्य धर्मेन्द« बास्तोलाले नेपालको सार्वभौमिकता माथि भारतले हस्तक्षेप गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । उहाँले भारत र चीनबीच भएको सम्झौता गम्भीर त्रुटि भएको बताउँदै उहाँले चीनले भारतलाइृ लिपुलेकको भू भाग सुम्पिन खोजेको धारणा राख्नुभयो । लिपुलेकलाइृ संसारभरि नेपाल र भारत बिचको बिवादित क्षेत्र भनेर प्रचार गरिनु उचित नभएको भन्दै नेता बास्तोलाले लिपुलेक नेपालकै भएको र भारतले नेपाललाइृ क्षतिपूर्ति सहित लिपुलेक बुझाउनुपर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा उपस्थित अन्यm ब्यक्तित्वहरुले लिपुलेकको विषयमा नेपाल सरकारले भारत र चीनसँग कुराकानी गरेर समाधान खोज्नुपर्ने धारणा राख्नुभएको थियो ।

Comments