मंगलबार राती हुम्लामा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

राती ८ बजेर ३३ मिनेट जाँदा हुम्ला केन्द्रबिन्दू भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको ठूलै धक्का महसूस गरे पनि कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ ।

यसअघि मंगलबार बिहान १० बजेर ४८ मिनेटमा दोलखा तथा सोमबार बिहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन गएको थियो । आइतबारदेखि पराकम्पनको संख्या घटेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

Please follow and like us:

Comments