प्रतिभावान कलाप्रेमीहरु संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो कलालाई अरुका सामु प्रस्तुत गर्न प्राय: पछि पर्दैनन् | अष्ट्रेलियामा रहेर चलचित्र क्षेत्रमा रमाई रहेका एकजना यस्तै रंगप्रेमी हुन् आशिष  भेटवाल | कलिलो उमेरमानै चलचित्र त्यो पनि निर्देशकीय भूमिकामा देखिएका आशिषका निमित्त फिल्मी दुनियाँ खुशीको अर्को नाम हो |

चलचित्र क्षेत्र भित्रको परम्परागत धारलाई आधुनिकता प्रदान गर्ने भित्रि चाहना बोकेका जाँगरिला आशिष आफू चलचित्र निर्माणका क्षेत्रमा दुइधारका बिचमा पुल बनेर उभिन चाहेको बताउँछन् |

ashisfilm

परिवार सँग टाढा रहेको धेरै समय भए पनि दुरी टाढा हुँदा उनीहरु भावनात्मक रुपमा झनै निकट रहेको महसुस हुन्छ, आशिषलाई | हाल “जङ्ग बहादुरको कोट”  चलचित्रमा ब्यस्त रहेका आशिष अरु थुप्रै प्रोजेक्टहरु पर्खाइमा रहेको बताउँछन् | आफुलाई फिल्मी क्षेत्रले दिएको खुशी नै पर्याप्त भएकोले ययसैमा नै आफ्नो भविष्य बित्नेमा बिश्वस्त छन् उनि |

कलाप्रेमी आशिष भन्छन् ” तपाई जे मा खुशी हुनुहुन्छ त्यही गर्नुस् जसले गर्दा जीवनका बारेमा तपाई संग कुनै गुनासो नरहोस् ” |

आशिषले फिल्मी दुनियाँ बाहेक अष्ट्रेलियामा अध्ययन पनि सँग संगै अघि बढाई रहेका  छन् | प्रतिभावान आशिषको सफल भबिष्यको कामना हाम्रो तर्फबाट पनि |

Please follow and like us:

Comments