बेलायतको एउटा अदालतले अनावश्यक आवाज निकालेको अभियोगमा एक महिलालाई २ साताको जेल सजायँ दिएको छ । बर्मिङघम शहरकी २३ वर्षीया गेम्मान वेल नामक ती महिलालाई सेक्स गर्ने बेला अनावश्यक रुपमा ठूलो आवाज निकालेर चिच्याएको अभियोगमा अदालतले जेलमा पठाएको हो ।

न्यायधीस एम्मा केलीको इजलासले गेम्मानले सामाजिक मूल्य र नियम उल्लंघन गरेको ठहर गर्दै २ साताको लागि जेल पठाएको हो । सेक्स गर्ने बेला उनले निकालेको आवाजले छिमेकीहरुलाई बाधा पुगेको अभियोगमा उल्लेख छ । उनकै छिमेकीले दिएको उजुरीका आधारमा गेम्मानलाई अदालतले डाकेको थियो ।

त्यस दिन गेम्मान अचानक चिच्याउँन थालिन् । उनको आवाजबाट प्रष्ट थाहा हुन्थ्यो कि उनी आफ्नो केटासाथीसँग सेक्समा लीन छिन् । करिब १० मिनेटपछि मात्र उनी शान्त भइन्,गेम्मानको एक छिमेकीले दिएको उजुरीमा उल्लेख छ–उनको आवाज मैले र मेरा वच्चाहरु सबैले सुने । कतिसम्म भने मैले आफ्नो टिभी अन गरेर आवाज बढाउँनुपर्यो । यो गत जनवरी २९ गते विहान ५ बजेतिरको घट्ना भएको पनि उल्लेख छ । अभियुक्त गेम्मान् अनावश्यक रुपमा चर्को स्वरमा चिच्याएर छिमेकीलाई वाधा पुर्याएर दोषी पाइएकोले कारवाही गरिएको वर्मिघम अदालतका एक वकिलले बताए ।

गेम्मान नामक ती युवती एउटा छोरा र छोरीकी आमा हुन् । अदालतले उनलाई गत मे १२ मा जेल पठाएको थियो । हाल उनी दुई साताको जेल सजायँ कटाएर मुक्त भइसकेकी छिन् ।

Comments

comments