बैशाख १२ गते पछि निरन्तर आइरहेको परकम्पन कम हुँदै गए पछि जनजीवन सामान्य बन्न थालेका छन् । ठूलो भूकम्पपछि ४ रेक्टर माथिका २९३ वटा परकम्पन महशुस गरिएको छ ।

जेठ १५ गते ५ वटा परकम्पन गएकोमा १६ गते ३ वटा, १७ गते एउटा र १९ गते एउटा मात्रु परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पन घट्दै गएपछि राजधानीको जनजीवन सामान्य बन्दै गएको छ । १७ गतेदेखि बिद्यालयहरु खुलेका छन् भने २० गते देखि कक्षा १२ को परीक्षा संचालन हुदैछ ।

Comments

comments