संविधान निर्माण तथा भुकम्पछिको पूननिर्माणका विषयमा छलफल गर्न विपक्षी तीस दलीय मोर्चाको बैठक पनि आज बस्दैछ ।

आजको बैठकमा राज्य पुनसंरचना लगायत संबिधानको अन्तरबस्तुमा ३० दलीय मोर्चाको धारणा तय गर्ने विषयमा छलफल हुने छ । मोर्चाका प्रबक्ता प्रेमबहादुर सिंहले भुकम्पपछिको पुननिर्माण प्रकृयामा सबैलाइ समेटेर अघि बढ्ने अवधारणामा पनि आजको बैठकमा छलफल हुने जानकारी दिनुभयो । वैठक अपरान्ह तीन बजेपछि बस्नेछ ।

यसअघि हिजोको बैठकमा मधेसबादी दलहरुले राज्य पुनसंरचना लगायत संबिधानसभाको अन्तरबस्तुमा ३० दलीय मोर्चाको अडान छोडेर सत्तापक्षीय दलहरुसँग सहमति नगर्न एमाओवादीको ध्यानाकर्षण गराएका थिए ।

Comments

comments