आधुनिक विकासमा अग्रणी मानिने जापान आफ्नो मौलिक संस्कृति,परम्परामा पनि धनी छ । यसैक्रममा जापानमा हरेक वर्ष एउटा रोचक परम्परागत प्रतियोगीता सञ्चालन हुँदै आएको छ । उक्त प्रतियोगीतामा नावालिक शिशुहरुले मात्र प्रतिस्पर्धा गर्न पाउँदछन् । उक्त प्रतियोगीता हो जो रुन्छ,उसैले जित्छ ।

उक्त प्रतियोगीतामा भाग लिने शिशुलाई सुमो खेलाडीले हातमा लिन्छन् र अर्को व्यक्तिहरुले जिस्काउँछन् अथवा तर्साउँछन् । त्यसरी जिस्काउँदा वा तर्साउँदा जुन बच्चा जोडले रुन सक्छन्,उसैलाई विजेता घोषणा गरिन्छ ।

यो वर्षको बच्चा रुवाउँने यो प्रतियोगीता गत शनिवार टोक्योको सेन्सोइ मन्दिरमा सम्पन्न भएको छ । यसपटक करिब १२० जना शिशुहरुलाई प्रतियोगीतामा सहभागी गराइएको थियो ।

यो परम्परागत प्रतियोगीताले वच्चाहरुलाई स्वस्थ्य तरिकाले बढ्न र भूतप्रेतबाट टाढै राख्न मद्दत पुग्ने जापानी समाजको विश्वास छ ।

Comments

comments