महाविनाशकारी भूकम्पका कारण देशभरिमा भएको धनजनको क्षतिको बिवरण संकलन गर्ने क्रम तीब्र बन्दै गर्दा बिमा कम्पनीहरुमा बिमा दावी गर्नेहरुको लर्को नै लागेको छ । बिमा दावी गर्नेहरुमा जीवन बिमा तर्फ भन्दा पनि निर्जिवन बिमाको दावी गर्नेको संख्या उल्लेख्य छ । यस्तोमा बिमा समितिले बिमा कम्पनीहरुको खर्च र लाभांशमा रोक लगाउने भएको छ ।

बिमा समितिले सबै बीमा कम्पनीलाई अत्यावश्यक बाहेक अरु खर्च नगर्न निर्देशन दिएको छ । समितिले आफूबाट स्वीकृति लिएको भए पनि अत्यावश्यक बाहेकका सामान खरीद तथा खर्च नगर्न निर्देशन दिएको हो । भूकम्पका कारण बिमा दावीको भार निकै हुने देखिएपछि जनतालाई सुलभ सेवा प्रदान गर्न अन्य बिषयको खर्चमा बिमा समितिले रोक लगाउने निर्णय गरेको हो । नगद लाभांश वितरणमा रोक लगाइए पनि विमा कम्पनीहरुले पुँजी वृद्धिका लागि बोनस सेयर भने दिन पाउँने नियम रहेको छ । विमा समितिले १७ वटा निर्जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै बिमा कम्पनीले जग्गा तथा सवारीसाधन जस्ता सामग्री खरीद गर्न पाउने छैनन् । समितिले जीवन तथा निर्जीवन दुवै कम्पनीलाई यो निर्देशन दिईएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो ।

बिमा कम्पनीहरुले नाफा नोक्सान हिसाब अन्तर्गत बढिमा २० प्रतिशतसम्म नगद लाभांश वितरण गर्न पाउने व्यवस्था भए पनि भूकम्पका कारण धनजनको क्षतिले बीमकको दायित्व बढ्न गएकाले वार्षिक साधारणसभा गर्न बाँकी रहेका कम्पनीहरुलाई समितिले निर्देशन दिएपछि लाभांश वितरण नगर्ने बिमा कम्पनीले जनाएको छ । बीमा कम्पनीहरुको जगेडा कोष बलियो बनाउनका लागि दिएको यस्तो निर्देशन उपयुक्त भएको राष्ट्रिय बिमा संस्थानका प्रमुख कार्यकारी अधिकृत रमेशराज भट्टराईले बताउनुभयो ।

बिमा समितिले बिमा दावीको माग गर्न आउनेको संख्या हालसम्म बाह« हजार चारसय ९७ पुगेको जानकारी गराएको छ ।

Please follow and like us:

Comments