स्टार खेलाडी लिओनल मेस्सी चम्कदा बार्सिलोना क्लबले यो वर्षको कोपा डेल रे कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

शनिबार राति भएको फाइनल खेलमा लियोनल मेसीले दुई गोल गरेपछि एथ्लेटिको बिल्बाओलाई हराउँदै प्रतियोगीताको उपाधि कब्जा गरेको हो । यो बार्सिलोनाको २७ औं कोपा डेल रे उपाधि हो । शनिबार राति घरेलु मैदानमा बिल्बाओलाई बार्सिलोनाले ३–१ ले पराजित गरेको हो ।
यसअघि ला लिगा च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ ।

स्थानीय नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि मेस्सीले २ तथा नेयमारले १ गोल गरेका थिए ।

खेलको ७९ औं मिनेटमा बिल्बाओका विलिम्सनले सान्तवना गोल फर्काएको थियो ।

Comments

comments