संविधानसभाको आज आइतबार बस्ने भनिएको वैठक स्थगित भएको छ ।

बैठक सूचना टाँसेर स्थगित गरिने भएको छ । यसअघि बोलाइएको संविधानसभा बैठक पनि स्थगित गरिएको थियो । वैशाख अन्तिममा संकल्प प्रस्ताव पारित गर्न बोलाइएको व्यवस्थापिका संसद बैठकमा संविधानसभा बैठक आज आइतबार अपराह्न ३ बजेका लागि पुनः बोलाइएको थियो ।

संविधानसभा सचिवालय स्रोतका अनुसार आइतबार नै सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी गराइनेछ । भूकम्पपछि धेरैजसो सभासद् जिल्लामा रहेकोले आइतबारको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिन लागेको सचिवालयले जनाएको छ ।

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पनि बैठकको कार्यसूची तय नभएको जानकारी गराउँदै के गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लासहित तनहुँ, लमजुङ, पर्वत, स्याङजा र सोलुखुम्बुमा भूकम्पले पुर्याएको क्षतिको अध्ययन र सरकारको घोषणाअनुसार राहत पाए नपाएको बुझ्न संसदीय टोली त्यसतर्फ गएकाले पनि संविधानसभा बैठक स्थगित गर्नुपर्ने अवस्था आएको स्रोतले जनाएको छ ।  

Please follow and like us:

Comments