जापानमा शनिवार साँझ शक्तिशाली महाभूकम्प गएको छ । ओकासावारा टापुमा गएको उक्त महाभूकम्प ८ दशमलव ५ रेक्टर स्केल मापन गरिएको जापानी भूगर्भ एजेन्सीले जनाएको छ ।

शक्तिशाली भूकम्प गए पनि सुनामीको कुनै खतरा नहरेकोले नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ । शक्तिशाली भूकम्पको कम्पन राजधानी टोक्यामा समेत महसुस गरिएको थियो । टोक्योमा पनि झण्डै एक मिनेटसम्म घरहरु हल्लिएको थियो । भूकम्पको केन्द्रविन्दू ओगासावाराको ५९० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का ओगासावारा, टोक्यो, इबाराकी, साइतामा, तोचिगी, गुम्ना,चिवा र कानागावा लगाययतका क्षेत्रमा समेत महसुस गरिएको छ ।

यस्तै तोहोकु र होक्काइदोको पनि केही क्षेत्रमा धक्का महसुस गरिएको थियो । भूकम्पबाट पारेको धनजनको क्षतिबारे कुनै प्रारम्भिक खबर आएको छैन । तर,भूकम्पका कारण टोक्योको रेल्वे सेवा भने केही समय अवरुद्ध भएको थियो ।

Comments