अमेरिकामा रहेको नेपाली राजदुतावासको आधिकारिक वेवसाइट एक्स क्रिमिनल नामकको ह्याकरले ह्याक गरेका छन्। ‘नेपाल एम्बसी युएस डट ओआरजी‘ वेबसाइट ह्याक गरेर उनीहरुले अमेरिका,चीन रसिया, इजरायल, उत्तर कोरिया लगायतका देश मुस्लिम विरोधी भएका बताएका छन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले वेवसाइट ह्याक भएको विषयमा औपचारिक जानकारी नआएको बताए। ‘तर ह्याक भएको हुन सक्छ, यसअघि पनि एक दुईचोटी ह्याक भएको थियो‘ उनले भने।

Comments