एजेन्सी । भनिन्छ जवान युवतीले चाहे जे पनि हुन्छ । डेनियला बर्नस्टीनको यो सफलताको कथा पढिसकेपछि यो भनाइको अझ पुष्टि हुन्छ । डेनियला एउटी ब्लगर हुन् र ब्लगिङ साइटमा आफ्नै फोटो राख्नु उनको काम हो । त्यति गरेको भरमा उनी लाखौं डलर आम्दानी गर्छिन् ।

फेसबुक,ट्वीटर,इंस्टाग्राम,ब्लग र गुगल त हामी सबैले चलाउँदै आएका छौं । तर यसको प्रयोग गरेर लाखौं डलर आम्दानी गर्न सकिन्छ भन्ने चाहिं डेनियला जस्ता केहीलाई मात्र थाहा होला । डेनियला इंस्टाग्राममा वी वोर वाट नामको एकाउन्ट छ । त्यो उनको व्यक्तिगत स्टाइल ब्लग हो । तर उनले एउटै पोष्टबाट झण्डै १६ लाख रुपैयाँसम्म कमाउँछिन् ।

डेनियलालाई उनले जुन ब्राण्डको कपडा लगाएर फोटो खिचेर अपलोड गर्छिन्,त्यही ब्राण्डले उनलाई पैसा दिने हो । २२ वर्षीय डेनियला अफ्नो तस्वीरका लागि ५ लाख रुपैयाँदेखि १६ लाख रुपैयाँसम्म लिन्छिन् । आफ्नो आम्दानीका बारेमा डेनियल आफैंले जानाकरी दिएकी हुन् ।

वी वोर ह्वाट की पर्सनल स्टाइल ब्लगर डेनियला बर्नस्टीनले हालै मात्र हार्पर्स बजार पत्रिका मार्फत यो रहस्यको खुलासा गरेकी हुन् । उनले बताए अनुसार उनले एउटा फोटो इंस्टाग्राममा पोस्ट गरेर शेयर गरे वापत करिब १६ लाख रुपैयाँ लिने गरेकी छिन् । तर अनौठो कुरा त के हो भने १६ लाख रुपैयाँ तिरेर उनको तस्वीर पोष्ट गर्न लगाउँने ब्राण्डसहरुको कुनै कमी भएको छैन ।

ती ब्राण्डहरु चाहन्छन् कि आफ्नो प्रोडक्ट झण्डै ९,९२०००० मान्छेहरुले फलो गरुन् । किनकि इंस्टाग्राममामा डेनियलालाई फलो गर्नेहरुको संख्या हो यो । त्यसैले उनी पनि अरु फेशन ब्लगरहरुले जस्तै हरेक दिन नयाँ नयाँ फेशनेवल तस्वीर पोष्ट गर्छिन् र पैसा कमाउँछिन् । तर उनको अर्को विशेषता के हो भने तस्वीरसँगै आफूले लगाएको कपडाको ब्राण्ड,त्यसको विशेषता सहित ज्वेलरीहरुका बारेमा समेत जानकरी पनि पोष्ट गर्छिन् र ती कसरी किन्न सकिन्छ भनेर पनि सिकाउाँछिन् ।

Comments

comments