पंजाबका बाघका रुपमा चिनिने भारतीय अभिनेता धमेन्द्र अस्पताल भर्ना भएका छन् ।

आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि उनी अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । विहीवार मुम्वईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना भएको धर्मेन्द्रको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ ।

तर उनको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको छ । उनलाई पहिले पनि यस्तै कमजोरीका कारण अस्पताल भर्ना गरिएको थियो । उनलाई चण्डीगढको अस्पतालमा सन् २०१० मा भर्ना गरिएको थियो । तर अस्पतालले उनलाई छिट्टै डिस्चार्ज गरिदिएको थियो ।

Please follow and like us:

Comments