सरकारले विपद व्यवस्थापनमा सहयोग गर्न र राहत जुटाउन तीन जना कलाकारहरुलाई सदभावना दूत नियुक्त गरेको छ ।

विहीवार बसेको मन्त्रीपरिषदको वैठकले वरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सद्भावना दूतमा नियुक्त गरेको हो । यस्तै वरिष्ठ अभिनेत्री मनिषा कोइरालालाई पनि विपद व्यवस्थापनमा सहयोग गर्न र राहत जुटाउन सदभावना दूतमा नियुक्त गरेको हो ।

तीनैजना कलाकारहरु यतिखेर भूकम्प प्रभावित क्षेत्रका पीडित जनताहरुको राहत र उद्दार कार्यमा स्वस्फूर्त रुपमा लाग्दै आएका छन् ।

Comments

comments