नेपालीहरुमा अहिले घुमफिर पर्यटनप्रतिको मोह बढ्दै गएको छ । त्यसका लागि थाइल्याण्ड,मलेसिया र भारतका विभिन्न पर्यटकीय शहरहरु नेपालीहरुको मुख्य गन्तव्यको रुपमा रहँदै आएको छ ।

तुलनात्मक रुपमा थाइल्याण्ड सस्तो मानिन्छ । नेपाली पर्यटकहरुलाई ध्यानमा राखेर विभिन्न ट्राभल्स एजेन्टहरुले वेला वेलामा आकर्षक टुर प्याकेज समेत ल्याउँने गरेको छ । यसैक्रममा बढ्दो गर्मी र भूकम्पको त्रासलाई ध्यानमा राखेर थाइल्याण्ड भ्रमणमा जान चाहनेहरुका लागि क्वेष्ट ट्राभल्सले आकर्षक प्याकेज ल्याएको छ । उक्त प्याकेज अनुसार ५ दिन ४ रातका लागि शुरुमा मात्र ३८ सय रुपैयाँ तिर्ने भए पुग्छ । बाँकी रकम मासिक रुपमा ३८ सय रुपैयाँकै दरले १२ महिने किस्तावन्दीमा तिर्न सकिने व्यवस्था मिलाएको छ । यसका लागि नबिल बैंकले फाइनान्स सुविधाको व्यवस्था गरेको हो ।

उक्त थाइल्याण्ड प्याकेजमा पर्यटकीय क्षेत्र पटाया र बैंककमा दुई दुई दिन खान बस्न सुविधना पाइनेछ । यस्तै दुईतर्फी हवाइ टिकट,एयरपोर्ट शुल्क,ब्रेकफास्ट,भिसा शुल्क र अन्य करहरु पनि प्याकेजमै उपलब्ध हुनेछन् ।

Comments

comments