काठमाडौँ । जनजीवन सामान्य बन्दै गएको बेला पराकम्पन जाने क्रम भने रोकिएको छैन । मंगलबार राती ५ रेक्टर स्केलको पराकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती १० बजेर ५२ मिनेटमा रसुवा केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको पराकम्प गएको हो । त्यसअघि ललितपुर र काभ्रे केन्द्रबिन्दु भएर ८ बजे ४ दशमलव ३ रेक्टर स्केलको, ६ बजेर ३९ मिनेटमा र ५ बजेर ४८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।

त्यस्तै २ बजेर ११ मिनेटमा पनि दोलखा नै केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । मंगलबार दिनभरमा ५ वटा पराकम्पन गएका थिए । यस्ता साना पराकम्पन लामो समयसम्म आइरहने भएकाले नआत्तिन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भूकम्प कुनबेला , कहाँ र कति रेक्टर स्केलको आउँछ भन्ने थाहा नहुने भएकाले ठूलो भूकम्प आउँछ भन्ने हल्लाको पछि नलाग्न पनि अनुरोध गर्नुभयो ।

Please follow and like us:

Comments