नेपालमा गएको विनाशकारी भूकम्प र त्यसले निम्त्याएको क्षतिलाई गीत संगीतका माध्यमबाट पोट्रेट गर्ने क्रम बढ्दो छ । त्यही हुलमा पछिल्लो पटक अत्याधुनिक र्याप पप शैलीको भूकम्प गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘किन’शीर्षकको उक्त गीत र भिडियोलाई अस्ट्रेलियामा रहेका युवा गायकहरुको समूहले तयार पारेका हुन् । यो गीतमा यूनिकको स्वर रहेको छ भने उनलाई यूजेके,स्मल जी र मिस्टा ब्लीङले साथ दिएका छन् । मिस्टा ब्लीङ म्यूजिकको प्रस्तुतिका रुपमा रहेको यो गीतको म्यूजिक भिडियो भने जी क्रियसनले निर्माण गरेको हो ।

वैशाख १२ को विनाशकारी भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पबाट प्रभावितहरुको आत्म वल बढाउँने उदेश्यले यो गीत र म्यूजिक भिडियो तयार पारिएको बताइएको छ ।

Comments

comments