सरकारले एभिन्यूज टेलिभिजन प्रा.लि.को इजाजतपत्र रद्द गरेको छ ।

मिडीयाको भावना विपरितको कार्यमा संलग्न रहेको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले गत जेठ ७ गते इजाजतपत्र रद्द गर्ने निर्णय सहित पत्रचार गरेको हो ।

यसैबीच एभिन्यूज टेलिभिजन प्रा.लि.को इजाजतपत्र रद्द गरिएको भन्ने ब्यहोराको सञ्चार मन्त्रालयको पत्रप्रति टेलिभिजन ब्रोडकास्टर्स नेपाल टिविएनले गम्भीर आपत्ति प्रकट गरेको छ ।

सञ्चार मन्त्रालयवाट एभिन्यूज टेलिभिजन प्रा.लि.लाई मिति गत जेठ ७ गते अनेपेक्षित ढंगले इजाजत पत्र रद्ध गरिएको भन्ने ब्यहोराको पत्र पठाएकोप्रति टिविएनले आपत्ति प्रकट गरेको हो । टिविएनका तर्फबाट मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा देशका सम्पूर्ण निजी क्षेत्रहरु लगायत मिडीया उद्योग अहिले विनाशकारी भूकम्पका कारण सृजित प्रतिकूल परिस्थितिमा गुज्रिरहेको अवस्थामा सरकारले नेपाली सञ्चार गृहहरुलाई राहत लगायतका संरक्षण प्रदान गर्नुपर्ने बेलामा ठिक विपरीत यस्तो दुरासययुक्त पत्र पठाइनु दुर्भाग्यपूर्ण रहेको उल्लेख छ । नेपालको संविधान प्रद्धत्त अधिकार अनुसार कुनै पनि सञ्चार गृहहरु विना कुनै अवरोध र विना रोकटोक निर्बाध रुपमा प्रकाशन प्रशारण हुन पाउन पर्ने मान्यता टिविएनको रहेको उल्लेख छ ।

कुनै पनि बहानामा प्रेश तथा अभिब्यक्ति स्वतन्त्रताको हनन् हुने, प्रशारणमा अवरोध सृजना गर्ने, मिडीयालाई आतंकित पार्ने तथा सञ्चार उद्योगमा भएको ठुलो लगानी तथा रोजगारीलाई समेत हतोत्साहित गर्ने यस्तो गैर–जिम्मेवार क्रियाकलापको घोर भत्सर्ना गर्दै यस्ता अलोकतान्त्रिक निर्णय अविलम्ब फिर्ता लिन र सहज किसिमवाट मिडीया सञ्चालनको वातावरण बनाउन पनि टिविएनले सरकारसँग माग गरेको छ । ०००

Please follow and like us:

Comments