मेलबर्न । टोनो घोतानी भिक्टोरियाका मान्यता प्राप्त पहिलो नेपाली वकिल बनेका छन् । उनलाई हालै मात्र अष्ट्रेलिया सरकारले मान्यता प्राप्त वकिलमा नियुक्त गरेका हुन् ।

उनको नियुक्तिप्रति भिक्टोरियावासी नेपाली समुदायले खुशी व्यक्त गरेका छन् । उनको नियुक्तिले यहाँका नेपालीहरुको आत्मसम्मान बढ्नुको साथै थप आशा समेत बढेको उनीहरुको भनाइ छ ।

लगनशील र मिलनसार घतानी नेपाली युवाहरुबीच निकै लोकप्रिय व्यक्तित्वका रुपमा परिचित छन् । उनी टिडब्लूजीजी नामक संस्थाका निर्देशक समेत हुन् । उनको संस्थाले यहाँस्थित नेपाली समुदाय र विद्यार्थीहरुका लागि कानूनी परामर्श सेवा प्रदान गर्दै आएको छ । त्यसैले नेपाली समुदायका प्रिय मानिन्छन् ।

नेपाली समुदायका प्रिय व्यक्तित्व घोताने आसन्न एनआरएनए नेतृत्वका लागि बलियो प्रत्यासीका रुपमा समेत रहेका छन् ।

ghotane 1
यहाँको सर्वोच्च अदालतका तर्फबाट दिइएको सरकारी वकिलको प्रमाणपत्र ग्रहण गरेपछि हिमालयन कङ्गारुसँग बोल्दै उनले यो सफलताले आफूलाई खुशी बनाउँनुको साथै थप जिम्मेवारी समेत भएको बताए । भिक्टोरियाका नेपाली समुदायको लागि आफू लागिपर्ने प्रतिवद्दता पनि उनले व्यक्त गरे ।

आफ्नो लगनशीलता,मिहिनेत र निरन्तरको प्रयासका साथै नेपाली समुदायको प्रेरणा र विश्वासका कारण आफूले यो उपलब्धी हासिल गरेको उनले बताए ।

Comments

comments