औंठी विश्वका प्राय सबै मुलुकमा पहिलेदेखि नै एउटा महत्वपूर्ण गहनाका रुपमा रहँदै आएको छ । त्यसो त औंठी लगाउँन कुनै उमेर र लिंगले रोक्दैन । तर विवाहको बेला औंठी साटासाट गर्ने चलन अधिकांश मुलुकहरुमा छ । यसले गर्दा पनि औंठीको लोकप्रियता बढेको हो । यसको यही लोकप्रियताका कारण पछिल्लो समयमा निकै महँगा मूल्यका औंठीहरु पनि किनबेच हुने गरेको छ ।

यही क्रममा अष्ट्रेलियाको मेलबर्नस्थित एक ज्वेलरी शपमा निकै महँगा औंठी विक्री हुँदै आएको छ । हिराजडित ती औंठीको मूल्य एक लाख १९ हजार डलरसम्म रहेका छन् । अर्थात झण्डै एक करोड १९ लाख नेपाली मूल्यका औंठी मेलबर्नको बजारमा विक्री हुँदै आएको छ । अचम्मको कुरा त के छ भने त्यति महँगा मूल्यका औंठीको विक्री पनि सन्तोषजनक रहेको व्यापारीहरुको भनाइ छ । आखिर मान्छेको मनको अघि धनको के कुरा र ?

Comments

comments